कर्णाली प्रदेशसभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणवश रोकिएको हो । 

प्रदेशसभा सचिव जीवराज बुढाथोकीले आगामी असार १७ गते बस्नेगरी आजको बैठक स्थगित भएको जानकारी दिए । 

‘आज बस्ने भनिएको प्रदेशसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले माननीय सभामुखज्यूले सभाको अर्को बैठक कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम आगामी असार १७ गते आइतबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गर्नुभएको छ,’ उनले भने ।
 

टिप्पणीहरू