चौधरी चोरी खानमा सधैं चलायमान

चौधरी चोरी खानमा सधैं चलायमान

नेपालभरि बिनोद चौधरीको बलमिच्याइँले पराकाष्ठा नाघिसक्यो । भैंसेपाटीस्थित उनको सिजी हिल्सले सार्वजनिक जग्गा कब्जा गर्दै खोलेको बाटोविरुद्ध स्थानीयले उच्च अदालतमा (०७९–धय – ११०४) नम्बरको मुद्दा दायर गरेका छन्  । 

यही क्रममा अर्को प्रमाण फेला परेको छ । जसमा व्यक्तिको जग्गासमेत बन्द भएका बेला सार्वजनिक जग्गा नै कित्ताकाट गर्न सिडिओ कार्यालय, नापी र मालपोत कार्यालय ललितपुरद्वारा खटाइएकी पात्रको झुटो निवेदनलाई २ दिनमै बिजुली पार लगाएको पाइएको छ । 

कित्ता नं. ६५ को सार्वजनिक जग्गा कब्जा गर्ने उद्देश्यले संगीता थापालाई झुटो निवेदनमा सही गरेबापत ९ (नौ) आना सार्वजनिक जग्गा कित्ता नं. २१ मा थप गरिदिएको पुष्टि हुन आएको छ ।  निज संगीताको ३–२–१–० जग्गा रहेकोमा सार्वजनिक जग्गा ९ आना थप गरी ३–११– २–० कायम गरिएको छ ।

 

उक्त सार्वजनिक जग्गा पछाडि रहेको कित्ता नं. १६६ र १६७ पनि परिवारको सहमतिबेगर हडप्न लागिएको छ । उक्त जग्गा सिजी हिल्सको पञ्जाबाट जोगाउन घरको एक सदस्यले अंश मुद्दा दायर गरी बिक्रीमा अदालतबाट रोक्का राखेका छन् । 
 

टिप्पणीहरू