राष्ट्रपति अझै सिसियुको बेड नम्बर २१५ मा

राष्ट्रपति अझै सिसियुको बेड नम्बर २१५ मा

गत मंगलबार मुटुमा पेसमेकर हाले पनि राष्ट्रपति रामचन्द्र पौडेल अझै अस्पतालमै हुनुहुन्छ । चिकित्सकहरुले उहाँको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको बताए पनि पौडेललाई मनमोहन कार्डियो थेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको सिसियु बेड नम्बर २१५ मा राखिएको छ ।

पेस मेकर हालेपछिका दिनमा उहाँको स्वास्थ्यमा सुधार आएको बताइएको छ । तर कम्तीमा एक साता मुटुको चालको मनिटरिङ गर्नुपर्ने भएकाले उहाँलाई अस्पतालमा राखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । 

राष्ट्रपति पौडेलको दुई साताअघि बाँसबारीस्थित गंगालाल अस्पतालमा मुटुको भल्भ खोलिएको थियो । गत बैशाखमा १२ दिनसम्म नयाँ दिल्लीमा छातीको इन्फेक्सनको उपचार गर्नुअघि उहाँलाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । त्यतिबेला राष्ट्रपतिको पेटको उपचार गरिएको थियो ।

टिप्पणीहरू