राष्ट्रपति स्वस्थ हुँदै, कम्तिमा सात दिन सिसियुमा बस्नैपर्ने

राष्ट्रपति स्वस्थ हुँदै, कम्तिमा सात दिन सिसियुमा बस्नैपर्ने

मंगलबार मुटुमा पेसमेकर हालेपछि  राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ । मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पेस मेकर हालेपछिको चार दिन उहाँको स्वास्थ्यमा सुधार आएको बताइएको छ । 

राष्ट्रपतिलाई सेन्टरको सिसियुको बेड नम्बर २१५ मा राखिएको छ । कम्तिमा एक साता मुटुको चालको मनिटरिङ गर्नुपर्ने भएकाले उहाँलाई त्यहाँ राखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । 

राष्ट्रपति पौडेलको दुई साताअघि गंगालाल अस्पतालमा मुटुको भल्भ खोलिएको थियो । गत बैशाखमा १२ दिनसम्म नयाँ दिल्लीमा छातीको इन्फेक्सनको उपचार गर्नुअघि उहाँको शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरेर पेटको उपचार गरिएको थियो ।

टिप्पणीहरू