रोजगारी ग्यारेण्टीको माग गर्दै हुलाकका कर्मचारी सडकमा

अतिरिक्त हुलाक खारेज गर्ने सरकारको निर्णयको विरोधमा सिन्धुपाल्चोक हुलाक कार्यालयका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । 

नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोशिएसन सिन्धुपाल्चोकको आयोजनामा आज दिउँसो सदरमुकाम चौतारामा कर्मचारीहरुले नारा जुलुससहित विरोध प्रदर्शन गरेका हुन् । हातमा कालोपट्टी बाँधेका प्रदर्शनकारीहरुले जिल्ला हुलाक कार्यालयको गेटबाट कुबिन्डे चोकसम्म र्याली निकालेका थिए ।  

एशोसिएशनका केन्द्रीय उपाध्यक्ष सावित्री घिमिरेको नेतृत्वको जुलुसमा अतिरिक्त हुलाक खारेजी गर्ने निर्णय अबिलम्ब फिर्ता लिन माग गर्दै चर्को नाराबाजी गरिएको थियो ।

त्यसक्रममा प्रदर्शनकारीहरुले ‘अतिरिक्त हुलाक खारेजको निर्णय तत्काल फिर्ता गर’, ‘अतिरिक्त हुलाकमा लामो समयदेखि कार्यरत कर्मचारीहरुको रोजगारी खोस्न पाईंदैन’, ‘हुलाकको संरचना खारेज हैन, पुनर्संरचना गर’, ‘राजीनामा दिइ सेवाबाट नियमितरुपमा अवकाश भएका वा हुने कर्मचारीहरुको सेवा अवधिको आधारमा सेवा सुविधा सुनिश्चित गर’, ‘तत्काल रोजगारीको ग्यारेन्टी गर’ जस्ता नारा लगाएका थिए ।

सरकारले चालू खर्च कटौती गर्न २० भन्दा बढी सरकारी निकायहरु खारेज गर्ने निर्णय गरेको छ । त्यसमा अतिरिक्त हुलाक कार्यालय पनि परेको छ ।

टिप्पणीहरू