अरु सदनमा, नेमकिपा सडकमा

नेपाल किसान मजदुर पार्टी (नेमकिपा) ले नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै प्रदर्शन गरेको छ । नेमकिपाले आज कोटेश्वरदेखि संसद भवन नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविपरीत नागरिकता विधेयक प्रमाणीकरण गरेको उक्त पार्टीको आरोप छ । 

प्रदर्शनमा नेपाली लेन्डुपहरु मुर्दावाद, देशघाती नागरिकता विधेयक प्रमाणीकरण खारेज गर, भारतीय विस्तारवाद मुर्दावाद, एमसीसी खारेज गरलगायत नारा लगाइएको थियो । 

यता, संसद बैठक एमालेलगायत विपक्षी दलको अवरोधका कारण अवरुद्ध भएको छ । प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा नेपालको भूमि साटफेरको प्रस्ताव गरेको, राष्ट्रपतिले संविधानविपरीत नागरिकता विधेयक प्रमाणीकरण गरेको आरोप लगाउँदै रास्वपा र राप्रपाले पनि संसद बैठकमा विरोध जनाएका छन् ।

टिप्पणीहरू