डिनरमा प्रधानमन्त्रीलाई मायाको चिनो
चार दिने भारत भ्रमणमा आज दिउँसो नयाँ दिल्ली पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यहाँस्थित नेपाली दूतावास पुग्नुभएको छ । उहाँको सम्मानमा दूतावासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहाल उपस्थित हुनुभएको हो ।
रात्रिभोजमा उपस्थित प्रधानमन्त्रीलाई राजदूत डा. शंकर शर्माले मायाको चिनो प्रदान गर्नुभएको बताइएको छ । रात्रिभोजमा प्रधानमन्त्रीसँगै नयाँ दिल्ली पुगेको प्रतिनिधिमण्डलका सदस्य र भारतमा रहेको नेपाली समाजका प्रतिनिधिहरुको सहभागिता छ ।
भ्रमणको दोस्रो दिन प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुँदैछ । बिहान प्रधानमन्त्री दाहाल महात्मा गान्धीको समाधीस्थल राजघाट जाने कार्यक्रम छ ।
टिप्पणीहरू