भारतले बनाएको नयाँ नक्सा सरकारको ‘नोटिस’ मा

भारतले बनाएको नयाँ नक्सा सरकारको ‘नोटिस’ मा

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले नेपालको कपिलवस्तु र लुम्बिनी समेटेर भारतीय संसद भवनमा राखिएको नक्साको विषय सरकारको नोटिसमा रहेको बताउनुभएको छ ।

आज बसेको संसदको पूर्वाधार समितिको बैठकमा मन्त्री बस्नेतले सरकारको नोटिसमा रहिसकेको तर यो विषयबारे बुझ्न बाँकी रहेको जानकारी दिनुभएको छ । बैठकमा समिति सदस्यहरुले राखेको प्रश्नको जवाफमा मन्त्री बस्नेतले उक्त धारणा राख्नुभएको हो ।

सदस्यहरुले भारतको नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तुलगायत स्थान राखिएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै यसबारे स्पष्ट पार्न माग गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलिदेखि चार दिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । हिजो नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको संसदको नयाँ भवनमा राखिएको प्राचीन हिन्दुस्थानको नक्सामा ती स्थानलाई समेटिएको छ ।

टिप्पणीहरू