मुलुकका राजाहरुको दिवसको तयारी

मुलुकका राजाहरुको दिवसको तयारी

विश्वका अधिकांश पश्चिमा मुलुकमा नोभेम्बर ४ का दिन अन्तर्राष्ट्रिय बाल दिवस मनाइन्छ । तर, केही कम्युनिष्ट मुलुकहरुमा भने त्यसभन्दा अघि जुन १ मा नै यो दिवस मनाउने गरिएको छ ।

पश्चिमा मुलुकहरुले सन् १९४९ नोभेम्बर ४ दिन उक्त दिवस मनाउने निर्णय गरेपछि केही कम्युनिष्ट र पूर्व कम्युनिष्ट मुलुकहरुले जुन १ तारिखका दिन नै अन्तर्राष्ट्रिय बाल दिवस मनाउँदै आएका छन् । सोही क्रममा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले पनि भोलि अन्तर्राष्ट्रिय बाल दिवस मनाउन आवश्यक तयारी पूरा गरेको जनाइएको छ ।

कोरियाली समाजमा बालबालिकालाई मुलुकका राजाहरुको संज्ञा दिइन्छ । हाम्रो समाजमा भने भविश्यका कर्णधार भन्ने गरिन्छ । कोरियामा तत्कालीन राष्ट्रपिता किम इल सुङ र अध्यक्ष किम जोङ इलले बालबालिको सर्वाङ्गीण विकासमा दिएको महत्व र योगदानबारे पोङ्याङस्थित फरेन ल्याङ्वेज पब्लिकेसन्स हाउसले सचित्र जनाएको छ । सोही मान्यता वर्तमान नेता किम जोंग उनले पनि दिएको प्राप्त समाचारमा उल्लेख छ ।

उनले भन्ने गरेका छन्, ‘बालबालिकाको उन्मुक्त हाँसो र खुशीमा मुलुकको उज्वल भविश्य देखिन्छ ।’ नयाँ पुस्ताको स्वस्थ जीवनसँग राज्यको भविश्य गाँसिएझैं त्यसअघि बालबालिकाको स्वस्थ जीवन नै ती सबैको प्रमुख आधार रहेको धारणा नेता उनले राख्दै आएका छन् ।

बालबालिकाको समग्र विकासमा दिएको महत्व र नियमित पोषणले पनि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले यसतर्फ दिएको विशेष ध्यानलाई उजागर गरेको हाउसले बताएको छ । खुशी र सुखी बालबालिकाका कारण आफ्नो मुलुकको भविश्य उज्जवल रहेको नेता उनको भनाइ छ ।

टिप्पणीहरू