गाँजाको कुराे उठेपछि सांसदहरुको ढ्यापढ्याप, अर्थमन्त्री मुसुमुसु

गाँजाको कुराे उठेपछि सांसदहरुको ढ्यापढ्याप, अर्थमन्त्री मुसुमुसु

सरकारले आगामी आर्थिक वर्षमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । 

बजेट भाषणका क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले यसबारे जानकारी गराउनुभएको हो । औषधि प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्रीको घोषणालाई सांसदहरुले टेबुलमा ढ्यापढ्याप हात ठोकेर स्वागत गरेका छन् । 

लामो समय सांसदहरुले ताली बजाएपछि रोकिनुभएका अर्थमन्त्रीले मुसुमुसु हाँस्दै बजेट वाचन गर्नुभएको थियो ।

टिप्पणीहरू