आर्थिक वृद्धिदर २.१६ प्रतिशत आकलन

आर्थिक वृद्धिदर २.१६ प्रतिशत आकलन

सरकारले आगामी वर्षको आर्थिक वृद्धिदर जम्मा २.१६ प्रतिशत मात्रै हुने आकलन गरेको छ ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले आगामी वर्ष आर्थिक वृद्धिदर २.१६ बताउनुभएको हो । विश्व अर्थतन्त्रमा देखिएको शिथिलता र आन्तरिक कारणले आर्थिक गतिविधिमा सुस्तता आएको हुँदा वृद्धिदर सन्तोषजनक नरहेको अर्थमन्त्रीले प्रष्ट्याउनु भयो ।

अर्थमन्त्री डा. महतले अहिले संघीय संसद्को दुबै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहनु भएको छ ।

टिप्पणीहरू