राष्ट्रपति पहिलो पटक बिहीबार भोटो हेर्न जाने

राष्ट्रपति पहिलो पटक बिहीबार भोटो हेर्न जाने

रातो मच्छिन्द्रनाथको भोटो आगामी बिहीबार देखाइने भएको छ । आज साँझ पौने ७ बजे रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्याइएको छ । 

रथ जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाइने परम्परा छ । आज दिउँसो इटिचोकबाट तोप पड्काएपछि तानिएको रथ जावलाखेलमा आइपुगेपछि पनि तोप पड््काइएको थियो ।

मच्छिन्द्रनाथको मूर्तिलाई ललित मण्डपमा पूजापाठको निम्ति राखिएको छ । अब बिहीबार अपरान्ह मच्छिन्द्रनाथको भोटो देखाएपछि जात्रा औपचारिक रुपमा समापन हुन्छ । 

भोटो राष्ट्रपतिको उपस्थितिमा देखाइन्छ । रामचन्द्र पौडेल राष्ट्रपतिमा नियुक्त भएपछि यो वर्ष पहिलो पटक भोटो जात्रामा सहभागी हुन लाग्नुभएको हो ।

टिप्पणीहरू