चोला फेर्न कति सक्छन् मान्छेहरू

चोला फेर्न कति सक्छन् मान्छेहरू

आर्थिक मन्दीका कारण सरकार खर्च कटौती र मितव्ययिताको नीति ल्याइरहेको छ । कोही कर्मचारी भने मन्त्रालयमा सचिव पद थपेर मस्ती गर्ने सपना देखिरहेका छन् ।

जापानमा राजदूत रहेका दुर्गाबहादुर सुवेदी (दुवसु) को खेलो हो यो । उनी तिनै व्यक्ति हुन्, जो परराष्ट्रमा प्रवेश गरेदेखि आजसम्म ‘नराम्रो’ ठाउँमा बसेका छैनन् । उनी मात्र हैन, भाइहरू कृष्ण (कृसु र चक्र) हरूलाई पनि उनीहरूको इच्छाबेगर कसैले छुन–चलाउन पाउँदैन । अहिले काँग्रेसकै मन्त्री रहेका बेला दाजुका निम्ति सचिव पद खडा गर्ने दौडधुपमा भाइहरूको सक्रियता बढिरहेको बताइन्छ । यसनिम्ति चलखेल गर्न, भाइ कतारबाट आइपुगेका छन् । परराष्ट्र भनेको नेपालको विदेश मामिलासम्बन्धी एउटै कार्यादेशका आधारमा चल्ने मन्त्रालय हो ।

अर्थमा जस्तो राजस्व भन्ने अलग समूह, स्वास्थ्य र जनसंख्या युवा तथा खेलकुदमा युवा अलग्गै खेलकुद अलग्गै, हुनेखाले मन्त्रालय होइन । तर, दुई सचिवको अवधारणा भने पेश भइरहेको छ । भाइ चक्रलाई उपसचिवमा बढुवा नगरिँदा सर्वोच्चमा मुद्दा दायर गरे । अहिले उनीसहितको बढुवा निस्किने भएको छ । अर्को आतंक छ, सहसचिव कौशलकिशोर रायको । कांग्रेस र एमालेतिर दुबैतिरबाट बराबर पावर भिडाइरहेका छन्, जानका लागि । एकातिर जन्मजात कांग्रेस भन्दै ससुरा सांसदलाई देखाउने, अर्कातिर एमाले उपाध्यक्ष विष्णु पौडेलको सोर्स लगाउने, भर्खरैको बढुवाबाट सबैभन्दा पछि स्वदेश फर्कनुअघि चीनको राजधानी बेइजिङमा थिए ।

अहिले सबैको पालो मिचेर तुरुन्तै न्युयोर्क जानुपर्ने भन्दै घरदैलो गरिरहेका छन् । मन्त्रालयमा अरु सहसचिव दुई वर्षदेखि कहिले पालो आउला भनेर बसिरहेका छन् । केही गरी न्युयोर्क जान नपाए पनि राजदूतको रूपमा च्याँखे थापिरहेका छन् । अहिलेका अर्थमन्त्री प्रकाशशरण महत परराष्ट्रमा हुँदा डेनमार्कबाट फर्केका प्रकाश अधिकारीलाई ‘क’ श्रेणीकै क्यानाडा सरुवा गरेकै शैलीमा कौशलकिशोर लाभान्वित हुन खोजिरहेको सहकर्मी सहसचिवहरू बताउँछन् । इजिप्टमा कार्यवाहक राजदूत हुँदा लेबनान मान्छे पठाउने क्रममा पैसा खाएको भनेर उजुरी पर्‍यो । पछि उजुरकर्तालाई नै अख्तियार लगाएर कारवाही गराए । चीनका निम्ति तत्कालीन राजदूत महेन्द्रबहादुर पाण्डेले यो संदिग्ध मान्छे रहेछ भनेर हटाउन सिफारिस गरेका थिए ।

बेइजिङमा व्यापारीसँग मिलेर दुई नम्बरी काम गरेको आरोप लागेकै हो । उता, न्युयोर्कबाट डिसिएम घनश्याम भण्डारी दुई वर्षे कार्यकाल सिध्याएर बंगलादेशको राजदूतका रूपमा गएका छन् । त्यस्तै, बेल्जियममा रहेका गेहेन्द्र राजभण्डारीले पनि दूतावासको सानोतिनो बजेटमै लोभ गरेको चर्चा छ । पर्यटन बोर्डमा एक जना युवतीसँग लाग्दा कुटाइ नै खाएका उनी मन्त्रालयमा शिष्टाचार महापाल भएर पनि बसे । अहिले सिनियर जाने ठाउँमा परेका छन् । इयुको मुख्यालय रहेको देश बेल्जियममा बसेर पनि युरोपेली आकाशमा नेपाली उडान प्रतिबन्ध फुकाउन सफल भएनन् । 

(जनआस्था साप्ताहिकबाट साभार)

टिप्पणीहरू