सैन्य र सुरक्षा सामग्री उत्पादनमा भारतको नयाँ रेकर्ड

सैन्य र सुरक्षा सामग्री उत्पादनमा भारतको नयाँ रेकर्ड

भारतले सैन्य तथा सुरक्षा सामग्री उत्पादनमा उल्लेख्य सफलता प्राप्त गरेको छ । गत आर्थिक वर्ष २०२२–२३ मा भारतले हालसम्मकै सबैभन्दा धेरै एक लाख करोड बराबरको सामग्री उत्पादन गरेको जनाइएको छ । 

भारतीय रक्षा मन्त्रालयको विवरणअनुसार गत आर्थिक वर्ष भारतले एक लाख छ हजार आठ सय करोड भारतीय रुपैयाँ बराबरका त्यस्ता सामग्री उत्पादन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा उक्त उत्पादन ९५ हजार करोड अर्थात १२ प्रतिशतले बढी हो । 

भारतमा रक्षा सामग्री उत्पादन पछिल्लो एक दशकको तुलनामा झण्डै २०० प्रतिशतले बढी भएको छ । यसबाट मुलुकमा रोजगारीको क्षेत्र पनि फराकिलौ बन्दै गएको बताइन्छ ।

टिप्पणीहरू