सरकारको समर्थनमा, वाइसिएल आयो सडकमा

सरकारको समर्थनमा, वाइसिएल आयो सडकमा

नक्कली शरणार्थी प्रकरणमा संलग्नहरुलाई छानविनको दायरामा ल्याउने सरकारी कदमको समर्थन गर्दै नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएलले सडक प्रदर्शन गर्ने भएको छ । 

"भ्रष्टाचारविरुद्धकाे अभियानमा ऐक्यवद्धता र खबरदारी कार्यक्रम' भनिएको उक्त प्रदर्शन भोलि बेलुका ५ बजे माईतीघर मण्डलामा हुने बताइएको छ । वाइसिएलले प्रदर्शनमा सहभागिता जनाउन सूचना गरेको छ । 

त्यसक्रममा 'सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई काम गर्न देऊ', 'शक्ति केन्द्रहरूको आडमा सरकारले चालेका महत्त्वपूर्ण कदममा अवरोध नपुर्‍याऊ', 'दोषी नछुटाेस्, निर्दाेष नफसाेस्', 'भ्रष्टाचारविरुद्धकाे अभियान नराेकियाेस्', 'ऐक्यबद्धता र खबरदारी, आम नागरिकको जिम्मेवारी', जस्ता नारा लगाउने वाइसिएलको तयारी छ ।
 

टिप्पणीहरू