क्रमशः नेपालको उच्चस्तरीय भ्रमण उत्तरतिर

क्रमशः नेपालको उच्चस्तरीय भ्रमण उत्तरतिर

कोरोना महामारीपछि सुस्त देखिएको छिमेकी मुलुक चीनतर्फ नेपाली उच्चस्तरीय टोलीको भ्रमणले विस्तारै गति लिन थालेको छ । चीनले अन्तर्राष्ट्रिय आवागमनलाई सहज बनाएसङ्गै अघिल्लो  महिनादेखि दुई मुलुकबीच राज्य र जनस्तरको आउजाउ बाक्लिएको छ । 

यसैवीच राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको नेतृत्वमा सांसदहरुसहितको एउटा टोली जेठको अन्तिमतिर चीन जान लागेको छ । सांसद,सरकारी अधिकारी तथा पर्यटन क्षेत्रका अगुवासहितको टोली चीनको ल्हासा,राजधानी बेइजिङ र साङघाई जान लागेको हो । 

टोलीमा राप्रपाका महामन्त्री तथा सांसद धवलसमशेर राणासहित आधा दर्जन हुनेछन् । उनीहरुमा मुख्य दलका छ सांसदको नाम फाइनल हुँदैछ । 

ल्हासामा आयोजना गर्न लागिएको पर्यटन एक्सपो उद्घाटनमा सहभागिताको लागि चीनको निम्तोमा टोली ल्हासा जान लागेको हो । राजधानी बेइजिङ र चीनको पुरानो तथा प्रख्यात औद्योगिक नगरी साङहाई भएर ल्हासा आउमे कार्यक्रम बनाइएको स्रोतको दाबी छ ।

 

टिप्पणीहरू