टाउको गिँडिएका भारतीय युवकको शव फेला

टाउको गिँडिएका भारतीय युवकको शव फेला

सर्लाहीमा टाउको छिनाइएको अवस्थामा एक भारतीय युवकको शव फेला परेको छ । हरिपूर्वा नगरपालिका १ को पथरा पुल नजिकैको मसला घारीमा शव फेला परेको बताइएको छ । 

टाउको छिनालिएका युवक भारतको सीतामढी सोनवर्षा ९ बस्ने २८ वर्षीय शेखर सुमन उर्फ हुन् । उनको शरीर दुई भागमा छुट्टिएको अवस्थामा फेला परेको हो ।

सर्लाही प्रहरीका अनुसार हिजो साँझ फेला परेको शव र घटनास्थलको थप अनुसन्धान भइरहेको छ । शव रातभर घटनास्थलमा नै राखिएको हो ।

टिप्पणीहरू