डोल्पाबाट फर्केपछि सपना श्रीमान अफ्रिका प्रस्थान

डोल्पाबाट फर्केपछि सपना श्रीमान अफ्रिका प्रस्थान

सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान अफ्रिकी मुलुक मोरक्को जानुभएको छ । आज साँझ कतार एयरवेजको उडानमा उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको बताइएको छ । 

साँझ सवा ६ बजे कतार एयरवेजको उडान नम्बर क्युआर ६४७ मा न्यायाधीश प्रधान दोहा हुँदै मोरक्कोतर्फ जानुभएको हो ।

उहाँ हालैमात्र डोल्पाबाट फर्कनुभएको हो । उपसभामुख इन्दिरा रानामगर, न्यायाधीश मल्ल र राष्ट्रिय सभा सदस्य डा. विमला राई पौडेलसहितको टोली डोल्पाको फोक्सुण्डो क्षेत्रमा पुगेको थियो । उहाँहरु जलवायु परिवर्तनले सो क्षेत्रका स्थानीयमा पारेको असर बुझ्न जानुभएको जनाइएको छ ।

सदरमुकाम दुनै हुँदै फोक्सुण्डो ताल पुग्नुभएको थियो । ताल नजिकै गरिएको स्थानीयसँगको अन्तरक्रियामा तिनै जनाले धारणा राख्नुभएको बताइन्छ ।

आजै पूर्वमन्त्री तथा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले नयाँ दिल्लीबाट फर्कनुभएको छ । भिस्तारा एयरको उडान नम्बर युके १५६ बाट उहाँ साँझ ५ बजे काठमाडौं आइपुग्नुभएको बताइएको छ ।

टिप्पणीहरू