बालुवाटारमा नक्कली भुटानी शरणार्थी काण्डमाथि देउवा,ओली र प्रचण्डवीच छलफल जारी

बालुवाटारमा नक्कली भुटानी शरणार्थी काण्डमाथि देउवा,ओली र प्रचण्डवीच छलफल जारी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन ठूला दलका नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ ।

नक्कली भुटानी शरणार्थी काण्डमा एमाले उपाध्यक्ष र सचिवपछि काँग्रेस नेताहरुको नाम बाहिरिन थालेको छ । देउवापत्नी तथा सांसद डा. आरजू राणा देउवा, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनकी पत्नी, डा. शेखर कोइराला, सुजाता कोइरालालगायतको नाम मुछिएको छ । सोही सन्दर्भमा शीर्ष नेताबीच भेटवार्ता भएको स्रोतको दाबी छ ।

टिप्पणीहरू