राष्ट्रपति बोल्दाबोल्दै बत्ति गएपछि राजनीतिक विवाद

राष्ट्रपति बोल्दाबोल्दै बत्ति गएपछि राजनीतिक विवाद

भारतीय राष्ट्रपति द्रौपदी मुर्मुको सम्बोधनका क्रममा विधुत सर्ट भएको घटनाले राजनीतिक रुप लिएको छ । 

राष्ट्रपति मुर्मुको भाषण सुरु भएको चार मिनेट नबित्दै विद्युत सर्ट भएर कार्यक्रमस्थलमा अँध्यारो छाएको थियो ।  मुर्मुले अन्धकारमा पनि आफ्नो भाषण जारी राखेकी थिइन् । ओडिशाको बारीपाडास्थित महाराजा श्री रामचन्द्र भाञ्जदेव विश्वविद्यालयको १२औँ दीक्षान्त समारोहमा राष्ट्रपतिको भाषण चलिरहेका बेला नौ मिनेटसम्म बिद्युत आएको थिएन । 

यसलाई सुरक्षामा ठूलो कमी भएको भन्दै भारतीय जनता पार्टी (भाजपा) प्रदेश अध्यक्ष मनमोहन सामलले मुख्यमन्त्री नवीन पटनायकलाई माफी माग्नु पर्ने जनाएका छन् ।

उनले भने, ‘यो सिंगो राज्यको लागि लज्जास्पद कुरा हो । राज्य सरकारले ओडिशालाई पावर सरप्लस राज्य हो भनी दाबी गर्छ तर देशको पहिलो नागरिक भएको ठाउँमा बिजुली दिन सकेन । हामी मुख्यमन्त्रीले माफी मागेको हेर्न चाहान्छौं ।’ 

त्यस्तै, भारतीय कांग्रेसका वरिष्ठ नेता पञ्चानन कानुङ्गोले उक्त घटना राज्यकै लागि लागि ठूलो लज्जास्पद कुरा भएको टीप्पणी गरेका छन् । उनले पनि ओरदेश सरकारले राष्ट्रपतिसँग माफी माग्नुपर्ने बताए ।  

 यता, बिजु जनता दलका उपाध्यक्ष देविप्रसाद मिश्रले यो लापरवाहीको दोषी पत्ता लगाउन छानबिन गरिने बताएका छन् ।

 

टिप्पणीहरू