नयाँ राजारानी हेर्नेको भीड लागेपछि लण्डनको सडकमा उच्च सुरक्षा

नयाँ राजारानी हेर्नेको भीड लागेपछि लण्डनको सडकमा उच्च सुरक्षा

बेलायतको राजधानी लण्डनको सडकमा सुरक्षा सतर्कतालाई उच्च बनाइएको छ । स्थानीय समयानुसार बिहान ११ बजे हुने राजा चार्ल्स तृतीयको राज्याभिषेकको निम्ति सुरक्षा व्यवस्था कडा बनाइएको बताइएको छ ।
 
राज्याभिषेकको विशेष समारोह वेस्टमिनिस्टरमा हुन लागेको हो । समारोहमा एक सयभन्दा बढी मुलुकका राष्ट्र प्रमुख सहभागी हुने बताइएको छ । कुल २३ सय अतिथिमध्ये नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद समारोहमा सहभागी हुन बेलायत पुग्नुभएको छ ।

दिउँसो हुने राज्याभिषेक समारोहपछि राजारानी हेर्न बिहानैदेखि सर्वसाधारण लण्डनको सडक छेउमा जम्मा हुन थालेका छन् ।

टिप्पणीहरू