पाकिस्तान गएका गभर्नर दोहा हुँदै स्वदेश फिर्ता

पाकिस्तान गएका गभर्नर दोहा हुँदै स्वदेश फिर्ता

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पाकिस्तानबाट दोहा हुँदै आज स्वदेश आइपुगेका छन् ।

अधिकारी कतार एयरवेजको उडान नम्बर क्युआर ६४६ बाट दिउँसो साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उनी गत आइतबार कतार हुँदै पाकिस्तान गएका थिए । पाकिस्तानमा आयोजित सार्क फाइनान्सको बैठकमा भाग लिन गभर्नर इस्लामावाद गएका हुन् ।

टिप्पणीहरू