एमालेको ‘ग्रासरुट’ अभियान राजधानीको होटलमा
नेकपा एमालेको ‘ग्रास रुट’ अभियानसँग सम्बन्धित कार्यक्रम राजधानीको होटलमा राखिएको छ । संगठन सुदृढिकरण तथा विस्तारको निम्ति उक्त अभियान थालिएको बताइएको छ ।
एमाले काठमाडौं महानगर कमिटीले आज जमलस्थित होटल यल्लो पगोडामा उक्त अभियानको सम्मान कार्यक्रम राखिएको जनाइएको छ । सम्मान र प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बनाइएको छ । अभियान बिहान ११ बजेबाट शुरु हुँदैछ । पार्टीले उक्त अभियान फागुन ५ गतेदेखि देशैभर सञ्चालन गर्दै आएको छ ।
टिप्पणीहरू