जम्बो टोलीसँगै प्रधानमन्त्री गृहजिल्ला प्रस्थान
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गृहजिल्ला चितवन जानुभएको छ । उहाँ अपराह्न बुद्ध एयरको उडानमा भरतपुर प्रस्थान गर्नुभएको बताइएको छ ।
बुद्ध एयरलाइन्सको उडान नम्बर बिएचए ३५९ मा दिउँसो सवा ३ बजे प्रधानमन्त्री काठमाडौँबाट भरतपुर प्रस्थान गर्नुभएको हो ।
उहाँको टोलीमा १९ जना सहभागी छन् ।
टिप्पणीहरू