अब सफा होला सिंहदरबार ?

अब सफा होला सिंहदरबार ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई सिंहदरबारको फोहोर तत्कालै उठाउन आदेश आएको छ । त्यो पनि सर्वोच्च अदालतबाट । उहाँले सिंहदरबारको फोहोर उठाउँदिन भनेर कसमै खानुभएको थियो । तर आफूले खाएको कसम पच्नै पाएको थिएन, सर्वोच्च अदालतले लोप्पा खुवाइदियो । सर्वोच्च अदालतले नै फोहोर उठाऊ भनेपछि उठाउनै पर्‍यो । 

वास्तवमा उहाँ सिंहदरबारको फोहोर मात्र होइन सिंहदरबारै उठाउने सुरमा हुनुहुन्थ्यो । पाएको भए सिंहदरबारलाई कता डम्प गरिसक्नु हुन्थ्यो । सर्वोच्च अदालतले उहाँलाई सिंहदरबारको फोहोर मात्रै उठाऊ भनेको छ । तर उहाँ त चाहनुहुन्थ्यो– सिंहदरबारको फोहोर मात्र होइन सिंहदरबारमा बस्ने मान्छे,सिंहदरबारको मेच टेबुल कुर्सी जम्मै फाल्ने आदेश आए हुन्थ्यो । उहाँ वास्तवमासिंहदरबारका यी कुराहरू उठाउन पाए हुन्थ्यो भन्ने मुडमा हुनुहुन्थ्यो । 

त्यसो त आदेश आएपछि बालेन साहले खुरुखुरु केही नभनी सिंहदरबारको फोहोर उठाउन थाल्नुभएको छ । तर एउटा प्रश्न भने ठिंग उभिएको छ– के बालेन साहले फोहोर उठाउँदैमा सिंहदरबार सफा होला त ?
 

टिप्पणीहरू