रमजानभर लेबनानमा ‘मेभलेवी नाच’

भिडियो : सिन्ह्वा

इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान बिहीबार साँझदेखि समाप्त भएको छ । मुस्लिमहरुको निम्ति यो सबैभनदा पवित्र महिना हो । अरबी पात्रोअनुसार रमजान नवौं महिनामा मनाइने निकै ठूलो पर्व हो । 

विश्वभरका मुस्लिम समुदायले रमजानमा एक महिना लामो रोजा अर्थात् निरहार बस्छन् । उनीहरु सूर्योदयदेखि सूर्यास्तसम्मको १४ देखि १५ घण्टा पानीसमेत पिउँदैनन् ।

रमजानको अवसरमा लेबनानमा भने मेभलेवी नृत्य गर्ने गरिन्छ । सयौं लेबनानीहरु मेभलेवी नृत्य हेर्न सिडोनको पुरानो बजारमा रहेका कफी पसल र रेष्टुरेण्टहरुमा विगतमा झैँ यो वर्ष पनि भेला भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

मेभलेवी नृत्य मूलतः रमजानमा गरिन्छ । बढ्दो आर्थिक संकटका बाबजुद पनि यो वर्ष सयौं लेबनानीहरु दैनिक उक्त नृत्य हेर्न त्यहाँ जम्मा भएका थिए ।

यसबाट उनीहरुलाई आर्थिक मन्दीले कुनै फरक नपारेको झैँ लागेको समाचारमा उल्लेख छ । नाचा हेरेर आनन्द लिने गरेको उल्लेख गर्दै एक जनाले भने, ‘धार्मिक भाव झल्काउने पुरानो धुनमा कलाकारहरुले आफ्नो नाच देखाउँदा नजिकैबाट हेर्न पाउँदा निकै आनन्द महशुस हुन्छ ।’

 

टिप्पणीहरू