सरकारले अनुदान नदिएको भन्दै नुवाकोटका युवाको भूगोल पार्कमा अनशन

सरकारले अनुदान दिने भनेर झुक्याएको भन्दै नुवाकोटका एक युवा काठमाडौँमा अनशन बसेका छन् । नुवाकोटको ककनी गाउँपालिका-२ का ३३ वर्षीय श्रीराम घिमिरेले भूगोल पार्कमा आजदेखि अनशन शुरु गरेका हुन् । 

अनशन स्थलमा 'बैकिङ ब्याजदर ६ प्रतिशत कायम गर', 'कृषि मल, विउबिजनमा अनुदान देऊ', '१० प्रतिशत बजेट कृषिलाई छुट्याउ', '१ प्रतिशत ब्याजदरमा प्राेजेक्ट लाेन ५० लाख गर', 'कृषि कार्ड बनाउ, यातायात भाडा ५०प्रतिशत छुट गर' जस्ता नारा लेखिएको प्लेकार्ड टांगिएको छ ।

टिप्पणीहरू