चीनको सडकमा एकै पटक २६ हजार जना दौडे

भिडियाे : सिन्ह्वा

चीनको वुहान शहरमा दौड प्रतियोगिता भएको छ । याङ्त्जे नदीसँगैको पुल हुँदै दौड प्रतियोगिता गराइएको बताइएको छ ।

‘म्याराथन’ मा झण्डै २६ हजार जनाले सहभागिता जनाएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । पुलमा हजारौं सहभागी दौडिरहेको दृश्य निकै रोचक र आकर्षक देखिएको प्राप्त समाचारमा उल्लेख छ ।

केन्याकी खेलाडी लुसी कुरिमीले आफूलाई दौडामा निकै आनन्द आएको बताइन् । वुहानको वातावरण निकै रमणीय भएको उल्लेख गर्दै उनले भनिन्, ‘स्वयंसेवक पनि निकै सहयोगी रहेछन् ।’  आगामी दिनमा यस्तो मौका मिलेमा आफू पुुनः वुहान आउने उनको चाहना व्यक्त गरिन् ।  सन् २०२० पछि वुहानमा पहिलोपटक  यस किसिमको दौड प्रतियोगिताको आयोजना गरिएको हो । 

विगत तीन वर्षदेखि खेलाडीहरु वुहानमा हुने दौड प्रतियोगिताको पर्खाइमा थिए । म्याराथन मार्गले वुहानको परम्परागत सडकलाई विश्वभर चिनाइरहेको थियो । ‘याङ्त्जे ब्रीज’ वुहानको पहिलो पुल हो । त्यहाँको प्राकृतिक सौन्दर्यले धेरैको ध्यान खिच्ने गरेको पाइएको छ । प्रतियोगीहरुले भनेका छन्, ‘इतिहास र संस्कृति मात्रै नभई विकास र सौन्दर्यले भरिएको शहरमा दौडिनुको मज्जा नै बेग्लै छ ।’

टिप्पणीहरू