चैतमा धान दिवसको बिदा, लिङ्गो बोक्ने मेलामा पनि छुट्टी

चैतमा धान दिवसको बिदा, लिङ्गो बोक्ने मेलामा पनि छुट्टी

कर्णाली प्रदेश सरकारले कर्णालीका दशवटै जिल्लामा विभिन्न मितिमा ६ वटा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज प्रदेश राजपत्रमा एक सूचना जारी गर्दै बिदासम्बन्धी जानकारी दिएको हो । प्रकाशित सूचनामा जुम्लाबाहेक नौ जिल्लामा असार १५ गते तथा जुम्लामा चैत १२ गते राष्ट्रिय धान दिवसको अवसरमा विदा दिइने जनाइएको छ ।

साउन १ गते साउने संक्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवस, चैतै दशैं र राम नवमीका दिनमा प्रदेशभर नै बिदा दिइने छ । त्यस्तै, असोज कृष्ण त्रयोदशीमा जुम्ला जिल्लाका प्रादेशिक र स्थानीय तहका कार्यालयका लागि चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेलाको अवसरमा बिदा दिइने सूचनामा उल्लेख छ ।

टिप्पणीहरू