सांघाइका सडकमा जताततै चालकरहित रोबोट्याक्सी

भिडियो : सिन्ह्वा

चीनको आर्थिक राजधानी सांघाइमा चालकरहित ट्याक्सी गुड्न थालेका छन् । सांघाइको शहरी क्षेत्रका सडकमा चालकरहित ट्याक्सीले यात्रु बोक्न थालेको बताइएको छ ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार चीनमा विकसित पछिल्लो प्रविधिबाट यातायात क्षेत्रमा नयाँ अध्यायको थालनी भएको छ । यसले यातायात क्षेत्रमा प्रविधिले अर्को फड्को मार्ने विश्वास राखिएको छ । 

चिल्ला र फराकिलो बाहेक अन्य सडकमा पनि रोबोट्याक्सी सहज रुपमा गुड्न सक्ने बताइएको छ । यसले निजी सवारी साधनको प्रयोग र आमनागरिकको जीवनमा उल्लेख्य परिवर्तन ल्याउने आकलन गरिएको छ ।

मार्च महिनाको शुरुदेखि ‘चाइना टेक जायन्ट बेदु’ र ‘अटोनोमस भेहिकल स्टार्टअप पोनी एआई’ लाई रोबोट्याक्सी सञ्चालन गर्न इजाजतपत्र दिइएको हो ।

बेदुले सन् २०२५ भित्र ६५ वटा शहरमा चालकरहित रोबोट्याक्सी सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । साथै, २०३० भित्र एक सयबढी शहरमा आफ्नो सेवा विस्तार गर्ने योजना छ ।

 

टिप्पणीहरू