चीनको ‘कृत्रिम सूर्य’ ले बनायो नयाँ रेकर्ड

भिडियो : सिन्ह्वा

चिनियाँ वैज्ञानिकहरुले आविष्कार गरेको ‘कृत्रिम सूर्य’ सुपरकन्डक्टिङ टोकमान (इस्ट) ले आफ्नै पूरानो रेकर्ड तोडेको छ । 

उक्त सूर्यले ४०३ सेकेण्डको निम्ति ‘स्टिडी स्टेट हाई कन्फाइमेन्ट प्लाज्मा अपरेसन’ कायम गरेर नयाँ रेकर्ड बनाएको बताइएको । यो अपरेसन ‘फ्युजन रियाक्टर’ को विकासको निम्ति अति आवश्यक हुन्छ । 

सन् २०१७ मा कृत्रिम सूर्यले १०१ सेकेण्डमा अपेसन हासिल गरेर विश्व रेकर्ड बनाएको थियो । हालैको सफलतामा एक लाख २० हजारभन्दा बढी शटहरु प्राप्त भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । 

यो एक प्रयोगात्मक आणविक फ्युजन उपकरण रहेको र यसमा तीन वटा विशेषता भएको चिनियाँ वैज्ञानिकहरुको भनाइ छ । यसमा एक गैर वृताकार क्रस सेक्सन, पूर्ण रुपमा सुपरकन्डक्टिङ म्याग्रेट र पानी चिस्याउने प्लाज्मा फेसिङ कम्पोनेन्ट हुन्छ ।

प्राकृतिक सूर्यझैं यसमा (न्युक्लियर) आणविक गतिविधि सम्भव हुने भएकाले उपकरणलाई कृत्रिम सूर्यको नाम दिइएको हो । यो सूर्य प्रकाशको निम्ति नभएर सफा ऊर्जा उत्पादन गर्न विकास गरिएको उनीहरुको दाबी छ ।

 

टिप्पणीहरू