बालुवाटारमा शीर्ष नेताको वार्ता, सिंहदरबारमा मन्त्री र राजदूतको मुलाकात

बालुवाटारमा शीर्ष नेताको वार्ता, सिंहदरबारमा मन्त्री र राजदूतको मुलाकात

सरकार बिस्तारको सकस र टीआरसी विधेयकलगायका विषयमा प्रतिपक्षी एमालेको असहयोगका कारण अप्ठेरोमा पर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेतासँग भेटवार्ता गर्नुभएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो । तीन नेताबीच झन्डै एक घण्टा कुराकानी भएको बताइएको छ । 

यता, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री सुदन किराँतीसँग संयुक्त अरब इमिरेट्स (यूएई)का राजदूत अब्दुल्ला सहिद माेहमद अलसाम्साले भेट गर्नुभएको छ । दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा उक्त भेटघाट भएको बताइएको छ ।

टिप्पणीहरू