आन्दोलनकारीको सम्मानमा अन्तरपालिका भलिबल शुरु

आन्दोलनकारीको सम्मानमा अन्तरपालिका भलिबल शुरु

धादिङमा अन्तरपालिका भलिबल प्रतियोगिता शुरु भएको छ । खनियाबास गाउँपालिकाले प्रथम रामबहादुर तामाङ (सेक्के) स्मृति कप अन्तरपालिका भलिबल प्रतियोगिताको आयोजना गरेको हो । 

खनियाबास गाउँपालिका वडा नम्बर ५ को सत्यदेवीमा आयोजित प्रतियोगिताको सोमबार धादिङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले उद्घाटन गरेका छन् । प्रतियोगितामा धादिङको सात टीम र नुवाकोटको दुई गरी नौ टीम सहभागी छन् । 

उद्घाटनको क्रममा खनियाबास गाउँपालिका र नीलकण्ठ नगरपालिकाले सो म्याच खेलेका छन् । नकआउट आधारमा हुने खेलको प्रथम हुने टीमले एक लाख नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै दोश्रो हुनेले नगद ७५ हजार, तेस्रो हुनेले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

 

शोषण दमनको विरोधी आन्दोलनका अभियानकार रामबहादुर तामाङ (सेक्के) को सम्झनामा गाउँपालिकाले प्रतियोगिता आयोजना गरेको गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले बताए ।

टिप्पणीहरू