मनमोहनलाई स्टाफ नर्स चाहियो

मनमोहनलाई स्टाफ नर्स चाहियो

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगंजअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले करारमा स्टाफ नर्स मागेको छ । आज सूचना निकालेर मनमोहनले दरखास्त आह्वान गरेको हो । 

स्टाफ नर्स पदको स्थायी दरबन्दीमा त्रिवि सेवा आयोगबाट स्थायी पदपूर्ति नहुँदासम्मका लागि करार सेवामा पदपूर्ति गर्न बीस (२०) जना स्टाफ नर्सको आवश्यकता रहेको सूचनामा उल्लेख छ ।
 
योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुलाई आगामी चैत २४ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन दिन १८ वर्ष पूरा भई महिलाको हकमा ४५ वर्ष र पुरुषको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने सूचनामा जनाइएको छ । 

साथै, परीक्षा लिखित र अन्तवार्ता गरी दुई किसिमको हुनुका साथै संस्थानको बेवसाइटमा गएर आवेदन दिन सकिने कुरा सूचनामा उल्लेख छ ।
 

टिप्पणीहरू