सचिवको लगेज सोत्तर,डोकोमा सामान बोक्ने सवाल

सचिवको लगेज सोत्तर,डोकोमा सामान बोक्ने सवाल

सर्वसाधारणको होइन एक जना उच्च प्रशासकको लगेज च्यातचुत पारिएको खबर हो यो । सरकारी  विमान चढेर दिल्ली उडेका निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीको लगेज च्यातचुत पारिएको तस्विर उनले सामाजिक सञ्जालबाटै छरपष्ट पारेका छन् । 

अघिल्लो क्याबिनेट बैठकबाट भारत भ्रमण स्वीकृत गराएर दक्षिणतिर उडेका सचिव दुवाडीको लगेज नेपाल एयरलायन्सकै  कर्मचारीहरुले च्यातचुत पारिदिएका हुन् ।

सोमबार दिल्ली पुगेका दुवाडीले सामाजिक सञ्जालबाटै यो घटनाको निन्दा गर्दै नेपाल एयरलाइन्सका कर्मचारीहरुले पहिलो उपहारस्वरुप लथालिंग पारिएको,फुटाइएको ब्यागेज दिएको भन्दै व्यंग्य गरेका छन् र यसको जिम्मेवारी  कसले लिने हो ? भन्दै प्रश्न तेर्साएका छन् । हेलो सरकार र पर्यटन मन्त्रालयलाई समेत सम्बोधन गर्दै उनले लेखेका छन्-तिम्रो अनुसन्धान चल्दै गर्ला, अब मैले मेरो सामान बोक्न डोका खोज्नुपर्यो ? 

पछिल्लो समय नेपाल एयरलाइन्सले आफ्नो जहाजमा यात्रा गर्नेबाहेक अन्य एयरलाइन्समा यात्रा गर्नेको लगेज व्यवस्थापनको काम  (ग्राउन्ड ह्यान्डलिङ)  गर्दै आइरहेको छ तर यसमा चरम लापरवाही हुने गरेको गुनासो पनि सुनिन थालेको छ । कतिपयको लगेज च्यातिनेदेखि सामान चोरीको घटनासमेत बाहिरिँदै आएको भए पनि तीमाथि कारवाही भएको खासै सुनिएको छैन ।

यो पनि...

1. कुवेतमा तेल चुहिएर छताछुल्ल, संकटकालको घोषणा

2. लुम्बिनी प्रदेशसभा आज नबस्ने

टिप्पणीहरू