आज बढुुवा भएका एआइजीबाटै आइजिपी नियुक्त हुने

आज बढुुवा भएका एआइजीबाटै आइजिपी नियुक्त हुने

सरकारले नेपाल प्रहरीका पाँच प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई  अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ ।  बिहान बसेको क्याबिनेट बैठकले उक्त निर्णय गरेको हो ।

गृह मन्त्रालयअन्तर्गत बढुुवा समितिको सिफारिसअनुसार पाँच जना डिआइजी क्रमशः वसन्तबहादुर कुँवर, टेकप्रसाद राई,दीपक थापा,श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजीमा बढुवा भएका हुन् ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको अवकाश आगामी १० गतेदेखि हुँदैछ । धिरजको म्याद नथपिएमा आगामी महानिरीक्षक आज बढुवा भएका पाँच जना एआइजीबाट हुने निश्चित छ ।

टिप्पणीहरू