विश्वासको मत लिने अघिल्लो दिन प्रधानमन्त्री दाहालले विश्वास गुमाइसकेको आरोप

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको विश्वास गुमाइसकेको बताएका छन् ।

उनले नेपाली राजनीतिमा प्रचण्डले विचित्रको ‘लीला’ देखाउन थालेको टिप्पणी गरेका छन् । त्यहि विचित्रको लीलाको कारण प्रधानमन्त्रीलाई नेपाली जनताले अविश्वा गरेको वैद्यको भनाइ छ ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा वैद्यले उक्त धारणा राखेका हुन् । उनको भनाइ छ, ‘ओलीलाई खत्तम पार्छु भनेर लागे । पछि ओलीको शरणमा परेर सरकार बनाए तर टिकाउन नसकेपछि जनविश्वास भयो ।’

वैद्यले प्रचण्ड प्रधानमन्त्री बनेपछि मुलुकको कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायत सबै सरकारी अंग ‘मरेको लास’ तुल्य भएको बताए ।

उनले वर्तमान राज्यसत्ता सञ्चालनका लागि काँग्रेस असफल भइसकेको उल्लेख गरेका छन् । उनले भने, ‘कम्युनिस्ट भनिएका नेताहरुलाई पनि जनताले विश्वास गर्ने अवस्था छैन ।’

यो पनि...

1. प्रधानमन्त्री भेट्न माधव नेपाल सिंहदरबारमा

2. सांसदहरुले गरे एमसीसी प्रगतिबारे छलफल

टिप्पणीहरू