सांसदहरुले गरे एमसीसी प्रगतिबारे छलफल

सांसदहरुले गरे एमसीसी प्रगतिबारे छलफल

सिंहदरबारमा सांसदरुले अमेरिकी सहयोग परियोजना (एमसीसी) को हालसम्मको प्रगतिबारे छलफल गरेका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा आज माननीयहरुले त्यसबारे राम्रैसँग छलफल गरेको बताइएको छ ।

राष्ट्रिय सरोकार तथा सहमन्वय समितिको बैठकमा एमसीसीको प्रगति विवरणमा लामो बहस भएको स्रोतले बतायो । दिउँसो सवा १ बजेदेखि बसेको बैठक समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) को सभापतित्वमा भएको हो । बैठकमा समिति सदस्यहरु सबैजसोको उपस्थिति थियो । 

उनीहरुले अर्थ मन्त्रालयअन्तर्गतको राष्ट्रिय गौरवका आयोजनाको रुपमा मिलिनयम च्यालेन्ज एकाउन्ट नेपालको हालसम्मको कार्यान्वयन प्रगति अवस्था र भावी कार्ययोजनाको विषयमा छलफल गरेको जानकारी दिइएको छ । यता समितिको बैठक डाकिएको समयमा उता संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक बसेको थियो ।

टिप्पणीहरू