प्रधानमन्त्री भेट्न माधव नेपाल सिंहदरबारमा

प्रधानमन्त्री भेट्न माधव नेपाल सिंहदरबारमा

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । पार्टीको सचिवालय बैठक सकेर अध्यक्ष नेपाल प्रधानमन्त्री भेट्न जानुभएको हो । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो साढे ३ देखि पौने ४ बजेसम्म भेटवार्ता भएको बताइएको छ । 

एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि संविधानबमोजिम प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिँदै हुनुहुन्छ । एकीकृत समाजवादीले विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको छ । 

आज दिउँसो बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले विश्वासको मत दिएर सरकारमा सहभागी हुने र संसदमा सत्ता पक्षको बेञ्चमा बस्ने निर्णय गरेको र त्यसलगत्तै अध्यक्ष नेपाल प्रधानमन्त्री भेट्न सिंहदरबार पुग्नुभएको हो ।

यो पनि..

1. सांसदहरुले गरे एमसीसी प्रगतिबारे छलफल

2. गोविन्द बन्दी फर्के अदालतमा, प्रधानमन्त्रीको सल्लाहकारबाट राजीनामा

टिप्पणीहरू