झडपपछि राजविराजमा मतदान रोकियो

झडपपछि राजविराजमा मतदान रोकियो

राजविराजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन रोकिएको छ । मतदानका क्रममा विद्यार्थीहरूबीच ढुंगामुढा भएपछि मतदान स्थगित गरिएको बताइएको छ ।

विद्यार्थी संगठनहरुबीच झडप भएपछि स्थानीय महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको मतदान रोकिएको जानकारी दिइएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन व्यापक रुपमा प्रहरी र सुरक्षाकर्मी परिचालन गरिएको छ ।

टिप्पणीहरू