सभामुखको अभिव्यक्तिको संसद बैठकमै आलोचना

पत्रकार र सञ्चार क्षेत्रको भूमिकालाई लिएर सभामुख देवराज घिमिरेको पछिल्लो अभिव्यक्तिप्रति सांसदहरुले आपत्ति जनाएका छन् । 

आज बसेको प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसदले उक्त अभिव्यक्तिको आलोचना गरेका हुन् । काँग्रेस सांसद रामहरी खतिवडाले सभामुखको अभिव्यक्ति भन्दै सार्वजनिक भएको विषय सदनलाई जानकारी गराउन माग गरे । 

त्यस्तै, नेमकिपाका सांसद प्रेम सुवालले पीत पत्रकारिता गर्ने को-को हुन् छानबिन गर्न समिति गठन गर्न माग गरे ।   

उनले एमाले, कांग्रेस र माओवादीले जत्तिकै चित्रबहादुर केसी, प्रभु साह र प्रेम सुवालले बोल्न भाग खोजेको भन्ने सभामुख घिमिरेको अभिव्यक्तिप्रति पनि असन्तुष्टि जनाए । 

सभामुख घिमिरेले हालै नेपाल पत्रकार महासंघका प्रतिनिधिहरुसंगको एउटा अन्तरक्रिया कार्यक्रममा 'पत्रकारहरु बिकाउ हुन्छन्' भन्ने अभिव्यक्ति विवादमा परेको छ ।
 

टिप्पणीहरू