राष्ट्रिय बीमा कम्पनीलाई कर्मचारी चाहियो

राष्ट्रिय बीमा कम्पनीलाई कर्मचारी चाहियो

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले विभिन्न पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्धारा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ । 

आज सूचना प्रकाशित गर्दै कम्पनीले प्रशासन व्यवस्थापकदेखि सहायक पदमा कर्मचारी माग गरेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आगामी चैत २३ गतेसम्म आवेदन दिन भनिएको छ । त्यस्तै, ३० चैतसम्म दोब्बर दस्तुर तिरेर पनि आवेदन दिन सकिने सूचनामा जनाइएको छ ।

कम्पनीका अनुसार आवेदन दिन नागरिकताको प्रमाणपत्र, एसएलसी वा सो सरह र सोभन्दा माथिको आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्र, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्रहरुको स्वयं प्रमाणित प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साईजको तीनप्रति फोटो र तोकिएको दस्तुरसहित समावेशीतर्फको समूहसमेत खुलाई रीतपूर्वक दरखास्त फाराम भरी कार्यालयमा पेश गर्नु पर्नेछ ।
 

टिप्पणीहरू