टाउकोमा झुप्पो हालेका क्रियापुत्री उपराष्ट्रपतिलाई भोट मतदानस्थलमा

टाउकोमा झुप्पो हालेका क्रियापुत्री उपराष्ट्रपतिलाई भोट मतदानस्थलमा

उपराष्ट्रपति चयनका लागि अहिले भैरहेको मतदान प्रक्रियामा एकजना क्रियापुत्री पनि सहभागी भएका छन् । बुबाको किरिया बसेका गण्डकी प्रदेशसभा सदस्य प्रकाश बडालले मतदानस्थलमा पुगेर भोट हालेका हुन् । 

कांग्रेस नेतासमेत रहेका उनी आठ दिनदेखि बुबाको आशौच बारिरहेका छन् । टाउकोमा झुप्पो र सेतो लुगा बेरेको अवस्थामा उनले मतदान गरे । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान भैरहेको छ । निर्वाचन आयोगका अनुसार अपराह्न ३ बजेसम्म मतदान हुनेछ । 

उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट रामसहायप्रसाद यादव र ममता झाको उम्मेदवारी छ भने एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदातामा संघीय संसद र प्रदेशसभा सदस्य रहने छन् ।

टिप्पणीहरू