लण्डनमा काठमाडौंका मेयरको फोटो सेशन
काठमाडौं महानगरपालिकाका मेयर यतिखेर बेलायतको राजधानी लण्डनमा छन् । उनी पार्टनरसिप फर अ हेल्दी सिटी समिटमा भाग लिन त्यता गएको महानगरको भनाइ छ ।
औपचारिक कार्यक्रम एक-दुई दिनको भए पनि त्यो सकेर यतिबेला घुमफिर,सपिङ्ग र फोटोसेशन चलिरहेको छ ।
मेयर साह गत सोमबार राति कतार एअरवेजको उडान नम्बर क्युआर ६४५ मा राति साढे २ बजे काठमाडौंबाट दोहातर्फ उडेका थिए ।उनी दुई महिनाअघि श्रीमतीसहित इण्डोनेसियाको बालीमा बिदा मनाउन र पब्जी प्रतियोगिता हेर्न गएका थिए ।
टिप्पणीहरू