पर्यटनमन्त्रीलाई बीचमा राखेर होटल सोल्टीमा पाहुनाको फोटो
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकको अन्य क्षेत्रझैँ पर्यटन पनि महामारीपछि विस्तारै आफ्नै लयमा फर्कन थालेको बताउनुभएको छ ।
राष्ट्रसंघीय विश्व पर्यटन संगठन र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा काठमाडौंमा शुरु भएको क्षेत्रीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले पर्यटन उद्योगको प्रवर्धनका लागि थप कार्य गर्न बाँकी रहेको बताउनुभएको छ ।
तीन दिनसम्म हुने कार्यशाला गोष्ठीमा सहभागी विदेशी तथा स्वदेशी पाहुनाहरुले मन्त्रीसँग संयुक्त भेटघाट गरेर सामुहिक फोटो पनि खिचाएका छन् । सिंहदरबारस्थित पर्यटन मन्त्रीको कार्यकक्षमा फोटो खिचाउनेमा स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाललगायत आधा दर्जन विदेशी पाहुना हुन् ।
टिप्पणीहरू