सरकारद्वारा किसानलाई दुधमा भाउ, मलमा घाउ

सरकारद्वारा किसानलाई दुधमा भाउ, मलमा घाउ

सरकारले दुधपछि रासायनिक मलको भाउ बढाउने निर्णय गरेको छ । गत साता किसानले बिक्री गर्ने दुधको भाउमा प्रतिलिटर १० रुपैयाँ बढाइएको थियो । अहिले दुग्ध व्यवसायीहरुले दुधसँगै दही र दुग्धजन्य पदार्थको भाउ पनि बढाएका छन् । 

यता, सरकारले रासायनिक मलको भाउ बढाउने निर्णय गरेको छ । नयाँ भाउअनुसार युरियामा प्रति केजी ११ रुपैयाँ, डीएपीमा ७ र पोटासमा ९ रुपैयाँ प्रतिकेजी मूल्यवृद्धि गराइएको छ । 

अब नयाँ मूल्यअनुसार युरियाको भाउ प्रतिकेजी २५, डीएपी ५० र पोटास प्रतिकेजी ४० रुपैयाँ प्रतिकेजी कायम भएको जनाइएको छ ।

टिप्पणीहरू