विनोद चौधरीलाई भेट्नुअघि प्रधानमन्त्री र सञ्चारमन्त्रीबीच कुराकानी

विनोद चौधरीलाई भेट्नुअघि प्रधानमन्त्री र सञ्चारमन्त्रीबीच कुराकानी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माबीच भेटवार्ता भएको छ । उहाँहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान आधा घण्टा छलफल भएको हो ।

प्रधानमन्त्रीसँग कुराकानी गरेपछि मन्त्री शर्मा ९ बजे बालुवाटारबाट निस्कनुभएको बताइन्छ । मन्त्री त्यहाँबाट निस्केपछि डलर अर्बपति तथा नेपाली काँग्रेस सांसद विनोद चौधरी प्रधानमन्त्री निवास छिरेको बालुवाटार स्रोतले बताएको छ । 

उनले पनि प्रधानमन्त्रीसँग आधा घण्टा कुराकानी गरेका थिए ।

टिप्पणीहरू