बैंकहरुविरुद्ध आन्दोलन गरेपछि व्यवसायीहरु विदेशमा काम गर्न जाने !

बैंकहरुविरुद्ध आन्दोलन गरेपछि व्यवसायीहरु विदेशमा काम गर्न जाने !

उद्योगी व्यवसायीहरुका नौ वटा महासंघ र ३८ वटा संघ संगठनहरुले बैंकहरुविरुद्ध संयुक्त सडक आन्दोलनको घोषणा गरेका छन् । उनीहरुले आगामी शुक्रबार बैंकहरुविरुद्ध आन्दोलन थाल्ने बताएका छन् ।

संघर्ष समितिका संयोजक नरेश कटुवालले बैंकहरुले बढाएको चर्को ब्याजदरविरुद्ध आन्दोलन गर्न लागिएको उल्लेख गरे । मूल संघर्ष समितिका संयोजक कटुवालले बैंकहरुको ज्यादतीविरुद्ध सडक आन्दोलन घोषणा गर्न लागिएको जानकारी दिए ।

उनले भने, ‘हाम्रा मागको सुनुवाइ नभएकाले पुनः सडक आन्दोलनमा जान बाध्य भएका हौं । सरकार, राजनीतिक दल र तिनका नेताहरु कोही पनि जिम्मेवार नभएकाले संयुक्त सडक आन्दोलन गर्न बाध्य भएका हौं ।’

आन्दोलनपछि पनि राज्यले उद्योगी व्यवसायीहरुको माग सम्बोधन नगरे सबै व्यवसायको ताल्चा साँचो सरकारलाई बुझाउने उनको चेतावनी छ । त्यसपछि विदेशमा काम गर्न जान भिसा माग्ने कटुवालले उल्लेख गरे । ‘बैंकहरुले सबैलाई सुकुम्बासी बनाउने भए,’ उनको भनाइको निचोड हो यो ।

 

टिप्पणीहरू