मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : ऋणीलाई सजिलो, विदेशी सञ्चिति बढ्यो (पूर्णपाठ)

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : ऋणीलाई सजिलो, विदेशी सञ्चिति बढ्यो (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । साना व्यवसायीहरुको हितमा केही महत्वपूर्ण नीति लिइएको अर्धवार्षिक समीक्षामा ०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तानी गर्नुपर्ने कर्जाको साँवा र ब्याज दायित्वको भाखा नाघेको एक महिनाभित्र भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाउने व्यवस्था गरिएको छ । 

त्यस्तै, पुस मसान्तसम्म सक्रिय कर्जामा रहेको २ करोडसम्मको कर्जालाई उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आगामी असार मसान्तभित्र पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था पनि गरिएको छ ।

राष्ट्र बैंकले लक्ष्यभन्दा बढी विदेशी विनिमय सञ्चिचि रकम रहेको जनाएको छ । कम्तिमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेगरी विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्यमा रहेकामा गत पुस समान्तसम्ममा ९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति रहेको समीक्षापत्रमा उल्लेख छ ।

टिप्पणीहरू