इयु–नेपाल संयुक्त आयोगको आगामी बैठक काठमाडौंमा हुने

इयु–नेपाल संयुक्त आयोगको आगामी बैठक काठमाडौंमा हुने

बेल्जियमको राजधानी ब्रसेल्समा भएको इयु–नेपाल संयुक्त आयोगको १४ औं बैठक सम्पन्न भएको छ । सम्मेलनमा इयु र नेपालबीच कायम रहेको सम्बन्धलाई थप प्रगाढ र मजबुत बनाउने सहमतिसँगै विभिन्न निर्णय गरेको बताइएको छ ।

मानव अधिकार, जनस्वास्थ्य,द्विपक्षीय व्यापार,नेपालमा वैदेशिक लगानीलगायत विषयमा गर्न सकिने आपसी आदानप्रदानबारे गहन छलफल भएको जानकारी दिइएको छ । इयुले नेपाली विमानसेवालाई त्यहाँको आकाशमा लगाएको उडान प्रतिबन्ध हटाउनेबारे यही फेब्रुअरीमा हुने भनिएको छलफललाई केही पर सार्ने सहमति भएको छ । हालै पोखरामा भएको विमान दुर्घटनालाई दृष्टिगत गरेर इयुले गर्न लागेको एसेस्मेन्ट प्लानलाई पछाडि सार्न लागिएको हो ।

बैठकमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले नेतृत्व गरेको टोलीको सहभागिता थियो । आयोगको आगामी १५ औं बैठक २०२४ मा काठमाडौं हुनेछ ।

टिप्पणीहरू